काठमाडौँ – पछिल्लो २४ घण्टामा देशभर थप २,२७४ जना कोरोनाभाइरसमुक्त भएका छन् । त्यस्तै सोही समयमा १,७५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
९ हजार ७७३ नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार ३५७ र ४ हजार ५६१ एन्टिजेन परीक्षण गर्दा ३९९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...