भदौ ११, २०७८ शुक्रबार
काठमाडौँ - पछिल्लो २४ घण्टामा देशभर थप २,३३७ जना काेराेनामुक्त भएका छन् । त्यस्तै २,०६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
८,७५२ जनाको पीसीआर परीक्षण गर्दा १,५७७ र ४,३६५ को एन्टिजेन परीक्षणमा ४८८ जना गरी २,०६५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै कोरोना संक्रमणबाट थप २५ जनाको मृत्यु भएको छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...