काठमाडौँ- काठमाडौँमा भोलि (शुक्रबार)देखि कक्षा ११ र १२ का विद्यार्थीलाई कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज दिइने भएको छ ।

१८ वर्षमाथिका प्लस टु अध्ययनरत र विश्व विद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीहरुलाई खोप दिइने स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख बद्रीबहादुर खड्काले बताएका छन् ।

चीनबाट थप ८ लाख भेरोसेल नेपाल आइपुगेपश्चात शुक्रबारदेखि नै काठमाडौंमा ४० वर्षमाथिका नागरिकलाई भेरोसेलको पहिलो डोज दिन लागिएको छ।

खोप अभियान भदौ ४ गतेदेखि ६ गतेसम्म सञ्चालन हुनेछ।

यस्तो छ सूचना :

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...