मुगु- खडेरी, वातावरण प्रदूषण एवं वर्षाका कारण सफा पिउने पानी प्रदुषित होइरहने गर्दछ । दूषित पानी पिएर पानीजन्य रोगले सङ्क्रमित मानिसहरू गाउँ-घरमा आज पनि बाक्लो संख्यामा रहेको छ । जल पारिस्थितिक प्रणालीलाई संरक्षण गर्न नदी-नाला, खोला एंव मुहानहरूमा भएका हानिकारक पदार्थ र फोहोरहरू सफा गर्ने काम समुचित तरिकाले यद्यपी हुन् सकिरहेको छैन ।

प्रदुषित पानीले निम्ताएको समस्याहरूबारे पछिल्लो समय राजधानीमा खबरहरू बाहिरिरहँदा मुगुकी मरिता रावलको कथा हामीले खोतल्ने जमर्को गरेका छौँ । पुस्तौँदेखि खोलाको पानी पिउँदै आएका मुगुस्थित झ्यारी गाउँबासीको दैनिक जीवनमा छाएको खुसियालीको कथा हो यो ।

खोलाको धमिलो पानी बोकेर पिउँदै आएकी छायानाथ रारा नगरपालिका वडा नम्बर-८ की अमृता रावल घर–आँगनकै धारामा खानेपानी झरेपछि दंग छिन् । खोलाको धमिलो पानी खाँदाखाँदै वाक्कदिक्क भएकी रावल अहिले आफ्नै घरको आँगनीमै खानेपानी प्रयोग गर्न पाउँदा सबै दुःख बिर्सिएको बताउँछिन् । 

‘हिजोआज खोलाको पानी बोक्नु नपर्दा जिन्दगीकै ठूलो भारी बिसाएजस्तै भएको छ,’ उनले खुसी बाँडिन् । रावल मात्र होइन, पूरै वडाबासीकै घरका आँगनमै पानी आउन थालेपछि खोलाको धमिलो पानी पिउनुपर्ने बाध्यता अन्त्य भएको छ । 

युनिसेफ नेपालको आर्थिक सहयोग तथा छाया नेपालको प्राविधिक सहयोगमा घरघरमै धारा निर्माण भएको हो ।   परियोजनाअन्तर्गत झ्यारीका १२८ घर धुरीमै धारा निर्माण गरी अहिले पानी वितरण गरिएको छ ।

खानेपानी निर्माणका लागि युनिसेफले १६ लाख ६६ हजार १ सय ८ रुपैयाँ ५६ पैसा र गाउँलेले ३ लाख ९८ हजार ५८९ रुपैयाँ ८५ पैसा बराबरको श्रमदान गरी कुल २० लाख ६४ हजार ६९५ रुपैयाँ ४१ पैसा लगानी लागेको छ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...