काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा थप तीन हजार दुई सय ७४ मा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ११ हजार ५६५ पिसिआर परीक्षणमा दुई हजार ४५६ र छ हजार १२४ एन्टिजेन परीक्षणमा ८१८ गरी जम्मा तीन हजार २७४ मा सङ्क्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या सात लाख ३७ हजार २९४ पुगेको छ । एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या ७६ हजार ८३३ रहेको छ ।

पछिल्लो समय थप एक हजार ९२९ निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या छ लाख ८७ हजार ६९ पुगेको छ । निको हुने दर ९३ दशमलव दुई प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ ।

हाल नेपालमा ३६ हजार ५७५ होम आइसोलेसन, तीन हजार २९६ संस्थागत आइसोलेसमा रहेका छन् । त्यसैगरी ७९० जना आइसियु र १९१ भेन्टिलेटरमा उपचाररत छन् । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३९ हजार ८७१ रहेको छ । हाल क्वारेन्टिनमा रहनेको सङ्ख्या ४१५ रहेको छ ।

हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १० हजार ३५४ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप २७ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । यस रोगबाट हुने मृत्यु दर १.५ प्रतिशत रहेको छ । त्यसैगरी पछिल्लो समय एक लाख ४४ हजार ५२८ ले खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...