काठमाडौँ – खोप केन्द्रसम्म जान नसक्ने जेष्ठ नागरिक,अशक्त तथा अपांगता भएका र दृष्टिविहीन लगायत दीर्घरोगीहरुलाई घर घरमै गएर खोप सेवा उपलब्ध गराउन सर्वोच्च अदालतले सरकारका नाममा आदेश जारी गरेको छ । 

न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले अधिवक्ता प्रवेश केसीको रिटमाथि सुनुवाई गर्दै शुक्रवार यस्तो आदेश जारी गरेको हो । 

अदालतले अशक्त,अपांग र दीर्घ रोगी तथा थला परेकाहरुको वडास्तरबाट लगत संकलन गरि घर घरमै खोप सेवा उपलब्ध गराउन आदेश जारी गरेको हो । संविधानले दिएको मौलिक हक कार्यन्वयनका सन्दर्भमा अदालतले यस्ता आदेश दिएको हो ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...