काठमाडौँ - पछिल्लो २४ घण्टामा नेपालमा थप थप १८८५ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै साेही अवधिमा थप ३४८१ जनामा संक्रमण पुष्टि भएको छ ।

१६ हजार ६५६ जनामा परीक्षण गर्दा पीसीआरबाट १०,९०७ र एन्टिजेनबाट ५७४९ जनाको परीक्षण गरिएको थियो । पीसीआरबाट २६१६ र एन्टीजेनबाट ८६५ जनामा संक्रमण पुष्टि भएको हो 

याेसँगै देशभर ३८ हजार ३३ जना सक्रिय संक्रमित रहेका छन् । यसमध्ये ३४ हजार ८१३ जना होम आइसोलेसन, ३ हजार २२० जना संस्थागत आइसोलेसन, ७९६ जना सघन उपचार कक्ष र १८४ जना भेन्टिलेटरमा रहेका छन् ।।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ३० जनाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको छ । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...