काठमाडाैँ - विगत ११ बर्ष देखि दुवै मिर्गौलाले काम गर्न छाडेपछि डाइलासिसको भरमा बाँच्दै आएकी गोरखाका ३८ वर्षीय अनिता विकलाई सहयोग रकम हस्तान्तरण गरिएको छ।
गोरखा बारपाक सुलिकोट ५ ताकुमाझ लाकुरिबोटका विक काठमाडौँको चण्डोलमा बसेर उपचार गराइरहेकी छन् । दुई छोराकी आमा अनिता दुवै मृगौलाले काम गर्न छाडेपछि ११ वर्ष देखि डाइलासिसको भरमा बाच्दै आएकी छन् ।
समाजसेवी नेपाल तरुणका नेता ध्रुव गुरुङको संयोजकत्वमा अमेरिका बसोबास गर्ने नेपाली दाजुभाइहरूले सहयोग गरेको आठलाख सतासी हजार आठ सय आठ रुपैयाँ उनकै निवासमा नेपाली कांग्रेस युवा नेता तथा केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यमा हस्तान्तरण गरेको हो ।
अमेरिकाबाट युवा समाजसेवी जीवन गुरुङको संयोजनमा जम्मा भएको उक्त रकम नेपालमा आज हस्तान्तरण गरिएको ध्रुव गुरुङले जानकारी दिए ।
महिनाको झन्डै ३० हजार औषधी तथा नेपाल सरकारले निस्शुल्क डाइलासिस गरिदिएकोले हाल सम्म धान्न सकिएको अब आर्थिक अवस्था कम्जोर भैसकेकोले सहयोग रकम जुटाउनु परेको उनका श्रीमान भुवनसिंह विश्वकर्माले बताए ।
मृगौला फेर्न स्वास्थ्य अवस्थाले नदिने भए पछि डाइलासिसकै भरमा श्रीमतीलाई बचाई राख्नु परेको उनले बताए । हाल राजधानीको बौद्ध स्थित एनएमसी अस्पतालमा अनिताको हप्डातामा २ पटक डाइलासिस गराइरहेको छ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...