काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा १७ सय २२ जना कोरोनामुक्त भएका छन् । त्यस्तै सोही अवधिमा ३२ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ  । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३५७३ जनामा गरिएको परीक्षणमा ३२१८ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार २४ घण्टामा संक्रमणबाट १९ जनाको मृत्यु भएको छ ।

त्यस्तै सक्रिय संक्रमितहरूको संख्या ३५ हजार ४ सय ३२ रहेको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ३८ पुगेको छ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...