काठमाडौँ – पछिल्लो २४ घण्टामा देशभरबाट थप २०१२ जना कोरोनामुक्त भएका छन् । हाल निको हुने दर ९३.७ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लाे २४ घण्टामा थप ३९३८ जना संक्रमित थपिएका छन् । १८ हजार ४०८ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमित पुष्टि भएको हो । मन्त्रालयका अनुसार कोरोनाबाट थप ३७ जनाको मृत्यु भएको छ। 

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआरबाट ७ लाख ८ हजार ७९ र एन्टिजेन विधिबाट ६५ हजार ७८१ जना पुगेको छ । त्यसमध्ये ६ लाख ६३ हजार ६६३ जना निको भएका छन् भने हालसम्म ९ हजार ९९४ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...