काठमाडौँ – पछिल्लो २४ घण्टामा देशभरबाट थप १५३५ जना कोरोनामुक्त भएका छन् । त्यस्तै सोही अवधिमा थप ४ हजार १०७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ३५४ नमुना पिसिआर परीक्षणमा २ हजार ९७५ जना र ४ हजार ९४४ एन्टिजेन परीक्षणमा एक हजार १३२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कूल सक्रिय संक्रमितको संख्या ३३ हजार ४६४ पुगेको छ ।
मन्त्रालयकाअनुसार गत २४ घण्टाको अवधिमा थप ३५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...