काठमाडौँ – पछिल्लो २४ घण्टामा थप १,९१६ जना कोरोनामुक्त भएका छन् । त्यस्तै ३,१०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,२६३ जनामा गरिएको पीसीआर परीक्षणमा २,२८० र ४,२५६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८२६ जना गरी ३,१०६ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट थप २३ जना ज्यान गएको छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...