काठमाडौँ – पछिल्लो २४ घण्टामा देशभरबाट १,८१६ जना कोरोना संक्रमणमुक्त भएका छन् । त्यस्तै ३,६११ जनामा कोरोना भाइरस पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा २७ जनाले कोरोनाबाट ज्यान गुमाउनु परेका छन् ।

आज कोरोना संक्रमित पुष्टि भएसँगै कुल संक्रमितको संख्या ६ लाख ९३ हजार १०९ पुगेको छ । जसमा ९ हजार ८३४ जनाले ज्यान गुमाएका छन् ।

यसैगरी ६ लाख ५२ हजार २६१ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार १४ जना रहेका छन् ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...