काठमाडौँ – पछिल्लो २४ घण्टामा देशभरबाट थप १३७३ जना कोरोनामुक्त भएका छन् । योसँगै देशभर निको हुनेको संख्या ६ लाख ५० हजार ४४५ पुगेको छ ।
त्यस्तै सोही समयमा थप ३३६५ जनामा कोरोना संक्रमण देखिएको छ । देशभर गरिएको ९ हजार ५५५ पीसीआर र ४ हजार ६८७ जनाको एन्टीजेन परीक्षणका क्रममा ३ हजार ३६५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कुल संक्रमितको संख्या ६ लाख ९० हजार ६४२ पुगेको छ ।
उक्त अवधिमा १४ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ८०७ पुगेको छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...