काठमाडौँ – पछिल्लो २४ घण्टामा १,६८६ जना कोरोनामुक्त भएका छन् । यो सहित नेपालमा कोरोनाबाट मुक्त हुनेको संख्या ६ लाख ४५ हजार ३०१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार निको हुने दर ९४.५ प्रतिशत हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ३४ सय २१ जनामा संक्रमण पुष्टि भएको छ । १७ हजार २ सय ७२ नमूना परीक्षण गराउँदा ३४ सय २१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयलले जनाएको छ ।
१२ हजार २ सय ४० नमूनाको पीसीआर र ५ हजार ३२ जनामा एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो । जसमा २३ सय ९१ जनामा पीसीआरबाट र १ हजार ३० जनामा एन्टिजेन विधिबाट संक्रमण देखिएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप २५ जनाको मृत्यु भएको छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...