काठमाडौँ –सरकारले पेट्रोलियम पदार्थको मुल्यवृद्धि गरेको विरोधमा नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल क्रान्तिकारीले नेपाल आयल निगम घेराउ गरेको छ । अखिल क्रान्तिकारीले आज आयल निगमको कार्यलय अगाडि प्रर्दशन गरेको हो ।

प्रर्दशनमा उनीहरूले पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ता गर्न माग गरेका छन् । त्यस्तै विद्यार्थीहरूले सरकारले कोरोना भाइरस (कोभिड–१९) का बिरामीको निः शुल्क परिक्षण र उपचार गर्न समेत माग गरेका छन् ।

यस्तै, जातीय भेदभावको अन्त्य गर्न, सुजता हत्या प्रकरणबारे सत्यतथ्य छानबिन गरी दोषिउपर कडाभन्दा कडा कारबाहीको मागसमेत उनीहरूले गरेका छन् ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...