काठमाडौँ - सातै प्रदेशका सरकारले आज आर्थिक वर्ष २०७८/०७९ का लागि बजेट सार्वजनिक गर्दै छन् ।

यसपटक सबै प्रदेशका सरकारले स्वास्थ्य क्षेत्रलाई जोड दिएर बजेट ल्याउने भएका छन्। अन्तरसरकारी वित्त व्यवस्थापन ऐन अनुसार प्रदेश अर्थमन्त्रीले असार १ गते आगामी आर्थिक वर्षको बजेट प्रदेश सभामा प्रस्तुत गर्नुपर्छ ।

संविधान र कानुनमा व्यवस्था भएबमोजिम प्रदेश सरकारले आफ्नो अधिकार क्षेत्रभित्र रहेका विषय र क्षेत्रलाई समेट्ने गरी समग्र प्रदेशको आर्थिक सामाजिक विकासका लागि विभिन्न खालका योजना तर्जुमा गर्नुपर्दछ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...