काठमाडौँ – सरकारले आगामी आर्थिक वर्ष २०७८र७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री विष्णु पौडेलले शनिबार १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको आयव्यय विवरणको अनुमान प्रस्तुत गरेका हुन् ।
त्यस्तै सरकारले आगामी वर्षको बजेटमार्फत् कोरोनाबाट प्रभावित नागरिक तथा व्यवसायीका लागि विभिन्न राहत कार्यक्रम घोषणा गरेको छ । अध्यादेशमार्फत् ल्याइएको बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले विभिन्न कार्यक्रम घोषणा गरेका हुन्।
यस्ता छन् छुट तथा सहुलियत कार्यक्रमः
२० हजार लिटर खानेपानीको महशुल छुट
सरकारी स्वामित्वका खाद्य व्यापार कम्पनी र साल्ट ट्रेडिङमार्फत् अत्यावश्यक वस्तुमा २० प्रतिशत छुट
खानेपानी तथा सिंचाइ उपभोक्ता समितिलाई बिजुलीको डिमान्ड शुल्कमा छुट
निषेधाज्ञा अवधिमा ग्रास्थ बिजुली उपभोक्तालाई महशुलमा छुट
होटलाई पनि उद्योग सरह मान्यता दिएर छुट तथा सुविधा
होटलले आइसोलेस सेन्टर सञ्चालन गरेमा सरकारले रकम दिने
कृषि उपज ढुवानी भाडामा २५ प्रतिशत अनुदान
विश्वविद्यालय तहका विद्यार्थीलाई ल्यापटम किन्न १ प्रतिशत ब्याजदरमा ८० हजारसम्मको ऋण
सामाजिक सुरक्षा कोषमा योगदान गरिरहेका श्रमिकलाई जेठ र असारमा सरकारले योगदान जम्मा गर्ने
व्यवसाय निरन्तरता कर्जा निरन्तर हुने
सरकारी सम्पत्ति भाडा लिएर व्यवसाय गर्नेलाई निषेधाज्ञा अवधिमा पचास प्रतिशत भाडा छुट
पुर्नकर्जा अझै विस्तार हुने
सहुलियत कर्जा पनि निरन्तर हुने
सरकारी कर्मचारीलाई १० दिनको भ्रमण काज
१ अर्बको च्यालेञ्ज फण्ड
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...