काठमाडौँ- एनएमबी बैंक एशियाको उत्कृष्ट बैंक बनेको छ । लण्डनबाट प्रकाशन हुने प्रसिद्ध समाचारपत्र ‘द बैंकर’को निर्णायक मण्डलले एनएमबीलाई ‘द बैंक अफ द इयर २०२१’ प्रदान गरेको हो । नेपालका बैंकहरूमा पहिलोपटक एनएमबिले यो अवार्ड पाएको हो। 

आज प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री निवासमा आयोजित एक कार्यक्रममा बैंकका अध्यक्ष पवनकुमार गोल्यान, प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र सञ्चालक समितिका सदस्यलाई सामूहिकरूपमा उक्त सम्मान हस्तान्तरण गरेका छन् ।

उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृतले केहिअघि स्कटल्याण्डको ग्लास्गोमा भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा प्रधानमन्त्री देउवाले कार्बन उत्सर्जनलाई शून्यमा झार्ने, हरित, उत्थानशील एवं दिगो विकासमा लाग्न व्यक्त गरेको प्रतिबद्धतामा सहायक भएर अघि बढ्न तयार भएको समेत बताएका छन् ।  

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...