काठमाडौँ- गत १ असार २०७८ मा आएको बाढीले क्षतिग्रस्त भएको मेलम्ची खानेपानी आयोजना पुनर्स्थापनाका लागि खानेपानी तथा सरसफाइ मन्त्रालयले डेढ अर्ब रुपैयाँभन्दा बढीको स्रोत सुनिश्चितता मागेको छ । मन्त्रालयले अर्थ मन्त्रालयसँग यसअघि बनेको पुनर्स्थापनाको कार्ययोजनाबमोजिम नै बजेट माग गर्ने निर्णय गरेको हो ।

आयोजनाका एक अधिकारीका अनुसार आगामी हिउँदभित्रै अस्थायी संरचनामार्फत काठमाडौँमा मेलम्चीको पानी खसाल्ने गरी बजेट मागिएको हो । मेलम्चीले सुरुमा बनाएको कार्ययोजनाअनुसार आयोजना पुनर्स्थापनाका लागि एक अर्ब ८५ करोड रुपैयाँ खर्च लाग्ने देखिएको थियो ।

अहिले नदीले आफ्नो बहाव परिवर्तन गरेकाले केही लागत घट्ने अनुमान समेत आयोजनाको छ ।

पानी डाइभर्ट गरेर सुरुङमा हाल्न ३० र ३२ करोड र आयोजनाको मुहानस्थलमा थुप्रिएको ढुङ्गा, गिट्टी, बालुवालाई हटाउन करिब ८० देखि ९० करोड लाग्ने अनुमान गरिएको छ ।

करिब ३६ अर्ब रुपैयाँ लगानीमा बनेको आयोजनाले २०७७ चैत १५ देखि काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण शुरु गरेको थियो ।   

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...