काठमाडौँ- अघिल्लो वर्षहरू जस्तै यो वर्ष पनि रासायनिक मल को अभाव हुने भएको छ ।
मल खरिद बिक्रीको जिम्मा पाएको कृषि सामग्री कम्पनीले पर्याप्त मात्रामा रासायनिक मल खरिद गर्न नसकिएको जनाएको छ ।
अन्तर्राष्ट्रिय रुपमा नै रासायनिक मलको मूल्यमा वृद्धि भएको हुँदा मल खरिदको जिम्मा पाएका कम्पनीले मल ल्याउन नसक्दा अभाव हुने देखिएको छ ।
अन्तर्राष्ट्रिय रुपमा गत वर्षको तुलनामा यसवर्ष प्रति मेट्रिकटन ३०० अमेरिकी डलरभन्दा बढीले रासायनिक मलको मूल्यमा वृद्धि भएको छ ।
सोहीकारण यस वर्ष नेपालमा दुई लाख मेट्रिक मात्र मल ल्याइने भएको छ ।
नेपालमा रोपाइँ हुने क्षेत्रफलका आधारमा करिब साँढे सात लाखदेखि आठ लाख मेट्रिकटन मल आवश्यक पर्छ ।
त्यसमध्ये साढे पाँच लाख टनआयात गर्न सके किसानले अभाव झेल्नुपर्दैन ।
मूल्य वृद्धिका कारण मागको तुलनामा न्यून मात्रामा रासायनिक मल आउदा प्रत्येक वर्ष किसानले मलबिनै खेती गर्नुपर्ने बाध्यता छ ।
कोभिडका कारण मल उत्पादन गर्ने कम्पनी बन्द भएर उत्पादन कम हुँदा विश्वबजारमा मल अभाव देखिएको हो ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...