काठमाडौँ- सरकारले हवाई इन्धनको मूल्यवृद्धि गरेसँगै वायुसेवा सञ्चालकले हवाई टिकटमा जोड्ने इन्धन वापतको मूल्य बढाएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले परिमार्जित मूल्यलाई स्वीकृति दिएसँगै आइतबारबाट नयाँ हवाई भाडादर कायम भएको  छ ।

वायुसेवा संचालक संघका अनुसार सबैभन्दा बढी काठमाडौँ धनगढी रुटमा २२० रुपैयाँले बढेको छ ।

काठमाडौंबाट हुने पर्वतीय उडानमा भने इन्धनमा लाग्ने शूल्क १७० रुपैयाँ बढेको छ ।

त्यसैगरी, पोखरा-विराटनगर रुटको प्रतिटिकट १८० रुपैयाँ, काठमाडौँबाट जुम्ला १७० रुपैयाँ, काठमाडौंबाट सुर्खेत १७५, काठमाडौंबाट नेपालगन्ज १६०, काठमाडौँबाट भद्रपुर १५० रुपैयाँ भाडा बढेको छ ।

सरकारले हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर ५ रुपैयाँ मूल्य बढाएर १०१ रुपैयाँ पुर्याएको छ ।  

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...