काठमाडौँ- सन् २०२१ को सुरुवात देखि अहिलेसम्म ८४ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । 

नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अङ्ग्रेजी वर्षको जनवरीदेखि अक्टोबर  महिनासम्म ८४ हजार ३३२ विदेशी पर्यटक नेपाल आएका हुन् ।

बोर्डका अनुसार यो वर्षको जनवरीमा आठ हजार ८७४, फेब्रुअरीमा नौ हजार १४६, मार्चमा १४ हजार ९७७, अप्रिलमा २२ हजार ४५०, मेमा एक हजार ४६८, जुनमा एक हजार १४३, जुलाईमा दुई हजार ९९१ र अगस्टमा पाँच हजार ९१७, सेप्टेम्बरमा नौ हजार ८९८ र अक्टोबरमा २३ हजार २८४ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...