काठमाडौँ- पेट्रोलियम पदार्थ र खाना पकाउन प्रयोग हुने ग्यासको मूल्य फेरि बढेको छ। 

नेपाल आयल निगमले आजराति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थ र ग्यासको मूल्य बढाएको हो।

निगमले पेट्रोल र डिजेल मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाएको छ भने खाना पकाउने एलपी ग्याँसको मूल्य प्रतिसिलिन्डर ५० ले बढाएको छ ।

मूल्यवृद्धिसँगै पेट्रोल प्रतिलिटर १३३ तथा डिजेल र मट्टीतेल ११६ प्रतिलिटर पुगेको छ भने खाना पकाउने एलपी ग्याँसको  १५०० पुगेको छ । 
 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...