काठमाडौँ – नेपालमा पछिल्लो तीन महिनामा झण्डै १३ अर्बको तरकारी आयात भएको छ । 

चालू वर्षको साउन, भदौ र असोजमा विदेशी बजारबाट १२ अर्ब ७१ करोड रुपैयाँको तरकारी आयात भएको हो । 

अघिल्लो वर्ष यही समयमा ९ अर्ब ३६ करोड रुपैयाँ बराबरको तरकारी विदेशी बजारबाट आयात भएकोमा यसवर्ष तरकारीको आयात ३३ प्रतिशतले वृद्धि भएको हो । त्यस्तै, समयमा फलफुलको आयात पनि  ७९ प्रतिशतले वृद्धि भएको छ ।

गत वर्ष तीन महिनामा ४ अर्ब १० करोड रुपैयाँको फलफुल आयात भएकोमा चालू वर्षमा भने ७ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ ।

तीन महिनामा अन्नको आयात भने केही घटेको छ । यो अवधिमा १७ अर्ब ७० करोड रुपैयाँको अन्न आयात भएको छ । गत वर्ष १९ अर्ब ७४ करोड रुपैयाँको आयात भएको थियो ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...