काठमाडाैँ - वाणिज्य बैंकहरूले कात्तिक १ गतेदेखि लागू हुने गरेर निक्षेपको ब्याजदर बढाएपछि सेयर बजारमा १०० अंकभन्दा बढीको गिरावट आएको छ ।

बजारमा तरलताको अभाव भइरहँदा वाणिज्य बैंकहरूले निक्षेपकर्ताको रकम तान्न निक्षेपको ब्याजदर बढाएर दोहोरो अंकमा पुर्याइसकेका छन् । हिमालयन, एनआईसी र लक्ष्मी बैंकले निक्षेपको ब्याज ११ प्रतिशतभन्दा माथि पुर्याइसकेका छन् ।

निक्षेप ब्याज बढेपछि स्वाभाविक रूपमा कर्जाको ब्याज उकालो लाग्छ । जसकारण, धेरै कर्जा लिएर सेयरमा लगानी गरेका लगानीकर्ताले उच्च ब्याज तिर्नुपर्ने हुन्छ । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...