काठमाडौँ – इजरायल जान इच्छुकले दिएको भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ । सोमबार भएको परीक्षाको मंगलबार नतिजा प्रकाशित भएको हो ।
परीक्षामा २ हजार ३९ जना पास भएका छन् । त्यसमध्ये १३९५ जना महिला र ६४४ जना पुरुष रहेका छन् ।
परीक्षामा सहभागी हुन ९ हजार ६९९ जनाले आवेदन दिएकोमा ७ हजार ९ जनाले परीक्षाका लागि प्रवेश पत्र बुझेका थिए । त्यसमध्ये परीक्षामा ६ हजार ३१७ जना परीक्षामा सहभागी भएका थिए भने ६९२ जना अनुपस्थित रहेका थिए ।
हेर्नुस् नतिजा
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...