काठमाडौँ- रासायनिक मल खरिदमा १ अर्ब ६ करोड बराबरको रुपैयाँ अनियमितता भएको पाइएको छ । 

काठमाडौँ- आज आफ्नो ५८ औं वार्षिक प्रतिवेदन सार्वजनिक गरेको महालेखा परीक्षकको कार्यालयले मल आयातको परिणामभन्दा बढी १ अर्ब १७ करोड रुपैयाँ निकासा दिएको बताएको छ । रासायनिक मल खरिदमा १ अर्ब ६ करोड रुपैयाँ अनियमितता भएको पाइएको हो । 

महालेखाको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७५/७६ मा ९ अर्ब २४ करोड २६ लाख रुपैयाँ बराबरको ४ लाख ५० हजार २०० मेट्रिक टन मात्रै रासायनिक मल आयात भएको छ । 

कृषि मन्त्रालयले भने १० अर्ब ५२ करोड ९५ रुपैयाँ मल खरिदको लागि निकासा गरेको देखिएको छ । यसो हुँदा १ अर्ब ६ करोड १७ लाख रुपैयाँ अनियमितता भएको पाइएको हो । 

यस्तो रकम असुल गरी संघीय सञ्चित कोषमा राख्न महालेखाले भनेको छ  । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...