काठमाडौँ- मेलम्ची खानेपानी आयोजनाका १० प्राडोसहित २७ वटा गाडी गायब भएको पाइएको छ । आज सार्वजनिक महालेखा परीक्षकको ५८औं वाषिर्क प्रतिवेदन अनुसार मेलम्ची खानेपानी आयोजनाले बैंक ग्यारेन्टी सुविधा उपयोग गरी कुल ३९ थान गाडी आयात गरेको थियो ।
हेडवर्क्स तथा सुरुङ निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले किनेका गाडीहरूमध्ये १० वटा प्राडोसहित २७ वटा गाडीको उपयोग र अवस्थाबारे महालेखा परीक्षकको कार्यालयलाई कुनै पनि जानकारी नभएको पाइएको हो ।
आयोजना निर्माण र सुपरभिजनमा प्रयोग गर्नुपर्ने यी गाडी आफ्नो नाममा दर्ता गरी मर्मत र संचालन गर्न एक मोटर्स कम्पनीले निवेदन समेत दिएको पाइएको छ ।
यसबारे विवाद अदालतमा विचाराधिन अवस्थामा रहेको समेत महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...