काठमाडौँ । महालेखा परिक्षक कार्यालयले आफ्नो ५८ औं प्रतिवेदन सार्वजनिक गरेको छ । महालेखापरीक्षक टंकमणि शर्माले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महालेखापरीक्षकको अन्ठाउन्नौं वार्षिक प्रतिवेदन आज (शुक्रबार) पेश गरेका हुन् ।

प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७६/७७ को अन्तिम लेखापरीक्षणमा ४ खर्ब १८ अर्ब रूपैयाँ बेरुजु देखिएको छ । ३ हजार ७९ संघीय सरकारी निकाय र कार्यालयको १५ खर्ब ५५ अर्ब ८१ करोडको लेखापरीक्षण गरिएकोमा ४४ अर्ब ३९ करोड अर्थात २.८६ प्रतिशत बेरुजु देखिएको हो ।

प्रदेशअन्तर्गतका १ हजार १९ निकाय तथा कार्यालयमा लेखापरीक्षण २ खर्ब ३७ अर्बमध्ये ६ अर्ब ५० करोड अर्थात २.७४ प्रतिशत बरुजु देखिएको छ ।

 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...