काठमाडौँ – खाने तेलको मूल्यमा पुनः वृद्धि भएको छ । नेपाल खुद्रा व्यापार संघका अनुसार उद्योगहरूले सबै प्रकारका खाने तेलको भाउ बढाएका हुन्।
गत शनिपछि खाने तेलको भाउ थोरैमा प्रतिलिटरमा १० देखि बढीमा प्रतिलिटर ३५ रुपैयाँसम्मले महँगो भएको हो । झण्डै एक महिनाजति घटेको जस्तो देखिएको तेलको भाउ पुनः बढेको हो । केही समय घटेको प्रचार गरिएको तेलको भाउ पुनः पुरानै अवस्थामा पुर्याइएको संघका निवर्तमान अध्यक्ष पवित्र बज्राचार्यले बताए ।
संघका अनुसार गत साउन २३ गते अघिसम्म प्रतिलिटर २२५ रुपैयाँ लिटरमा खुद्रामा कारोबार भएको सूर्यमुखी तेलको भाउ मंगलबारसम्म आइपुग्दा २४० रुपैयाँ पुगेको छ भने धारा तोरी र भटमास तेलको मूल्य पनि बढेको छ। खाने तोरीको तेलको भाउ लिटरमा ३५ रुपैयाँसम्मले बढेको छ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...