काठमाडौँ – नेपाल राष्ट्र बैंकका संचालक समितिका सदस्यले कानुन विपरित कार्य गरेको खुलेको छ ।

आज सार्वजनिक हुन लागेको आर्थिक वर्ष २०७८र०७९ मौद्रिक नीति सार्वजनिक हुनु अगावै संचालकले यसको विषयवस्तु बारे सुचना चुहाएका हुन् ।

राष्ट्र बैंकका संचालकको यस्तो कदम नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ३८ को उपदफा १ विपरित रहेको छ । उक्त दफा अनुसार राष्ट्र बैंकका संचालकले पदीय रुपमा काम गर्दा प्राप्त हुन आएको कुनै प्रकाशित वा अप्रकाशित गोप्य जानकारी वा सूचना अरुलाई दिन वा सोको भेद खोल्नु हुदैन ।

तर राष्ट्र बैंकले संचालकले आफ्नो पदीय मर्यादा बिर्सदै मौद्रिक नीतिको विषयवस्तु नै केही संचारमाध्यमलाई उपलब्ध गराएका हुन् ।

यद्यपि राष्ट्र बैंकमा रहेक कुन सञ्चालकले सूचना चुहाएको भन्ने खुलेको छैन । राष्ट्र बैंकमा ७ जना सञ्चालक छन् ।

सञ्चालक समितिमा गभर्नर महाप्रसाद अधिकारी, अर्थ मन्त्रालयका सचिव मध्य कुमार मरासिनी , डेपुटी गभर्नरहरु निलम ढुंगाना र बम बहादुर मिश्र, तथा अन्य सदस्यको रुपमा श्री राम पौडेल, रामजी रेग्मी, र डा. सुवोध कुमार कर्ण रहेका छन् । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...