काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले मुलुकको वर्तमान आर्थिक स्थिति ओली सरकारको कारण धरासयी भएको बताएका छन् । 

मन्त्री शर्माले प्रतिनिधिसभामा आर्थिक स्वेतपत्र जारी गर्दै देश कोरोना भाइरसका कारण मात्रै नभई निवर्तमान केपी शर्मा ओली सरकारको स्वच्छाचारी गतिविधिले अर्थतन्त्र धरासायी भएको बताएका हुन् । 

उनले ०७४ सालमा तत्कालीन सरकारले आर्थिक स्वेतपत्र जारी गर्दा ४३ अर्बले घाटामा रहेको सञ्चित कोष आर्थिक वर्ष २०७६(७७मा २ खर्ब १६मा पुगेको बताएका छन् । 

गत आर्थिक वर्ष कोभिड दोस्रो लहरले निषेधाज्ञा हुनुअघि ४ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपणलाई वर्तमान सरकारले असम्भव प्राय भएको उनको भनाई छ ।

उनले पूर्ववर्ती सरकारका गतिविधिभन्दा आर्थिक अवस्थाको यथार्थ चित्रण गर्दै आए पनि निवर्तमान सरकारको गतिविधिलाई आलोचना गरिएको छ । ओली नेतृत्वको सरकारका पालामा देशको आर्थिक अवस्था नकरात्मक रहेको देखाइएको छ । सरकारमासँगै रहेको माओवादी अहिले वर्तमान सरकारमा संलग्न छ ।

सरकारले आर्थिक वर्ष ०७४÷०७५ र ०७५÷०७६ को २ वर्षको आर्थिक वृद्धिलाई हेरेर त्यसपछि स्थिर सरकारको वृद्धि दर राम्रो अवस्था नदेखिएको दाबी गरेका छन् । ‘देशमा आर्थिक अवस्था राम्रो भएको आर्थिक वृद्धि फिगरले बोल्न सकेन’ उनले भने, ‘यो बीचमा गएको भन्दा २ प्रतिशतको ऋणात्मक भयो । ४ प्रतिशत आर्थिक वृद्धि भने पनि यो सम्भावना रहेन ।’
 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...