काठमाडौँ - सरकारले देशको पछिल्लो अर्थतन्त्रलाई समेट्ने गरी श्वेतपत्र ल्याउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आज संसदमा देशको आर्थिक अवस्थाको बारे जानकारी गराउन श्वेतपत्र ल्याउन लागेका हुन् ।
शर्मा अर्थ मन्त्री पदमा नियुक्त भएसँगै पत्रकारसँगको सम्मेलनमा श्वेतपत्र ल्याउने बताउँदै आएका थिए । देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थाबारे जानकारी दिन दिन श्वेतपत्र ल्याउने प्रचलन हरी आएको छ ।
श्वेतपत्र ल्याउनका लागि अर्थ मन्त्रालयले ३ साताभन्दा बढी तयारी गरेको थियो ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...