काठमाडौँ – नयाँ आर्थिक वर्षको दोस्रो दिन आज सोमबार पनि सेयर बजारको हरियाली कायम छ । साताको दोस्रो दिन आज नेप्से परिसूचकमा नयाँ रेकर्ड राखेको हो ।
कारोबार खुल्नासाथै ५० अंकले बढेको नेप्से हालसम्मकै सबैभन्दा उच्च बिन्दूमा पुगेको हो । यसअघि ३ हजार २५ अंकमा पुगेको नेप्से आज ३ हजार ३२ अंकमा उक्लिएको हो । सेयर बजारमा आज ५० करोड माथिको कारोबार भएको छ भने कारोबारमा आएका १३ उपसूचकमध्ये ११ वटा सूचकमा हरियाली छाएको छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...