काठमाडाैँ । । घाँस काट्न जङगलमा गएकी युवतिलाई एक्लै पारी  जवरजस्ती करणी गर्न खोज्ने सैनामैना नगरपालिका वडा नं ५ मलमलाटोल बस्ने बर्ष ४८ को निलमणी दमाईलाई प्रहरीले पक्राउ गरेको हो ।

यहिँ साउन १० गते बिहान करिब नौ बजेपछि गाँउकै महिला दिदी नाता पर्नेसँग घाँसदाउरा गर्न युवति जङगल गएकोमा उनकि दिदी केहि समयमै जरुरी कामले घर फर्किएकी थिइन् । जंगलमा घाँस काटि भारी पुर्‍याइरहँदा युवतिलाई बारुलाले टोकेपछि होहल्ला गरेको सुनि सोहि जंगलमा दाउरा काट्न गएका दमाईले के भयो भनि सहयोग गर्ने बाहनामा गई एकान्त पारी युवतिको संवेदनशील अङगहरुमा छुन खोजि जवरजस्ती करणी गर्न खोजेकोमा बल प्रयोग गरी जंगलैजंगलको बाटो हुँदै युवति भागि निस्किएकी थिईन् ।

उक्त जवरजस्ती करणी उद्योग घटनाकी पिडित युवति १९ बर्षिया छिन् । बिवाहित समेत रहेकी युवतिलाई दमाईद्वारा साउन १० गते दिउँसो करिब १२:३० बजेको समयमा जवरजस्ती करणीको (उद्योग)  प्रयास भएकोमा बलपूर्वक ति व्यक्तिको पञ्जाबाट उम्किएर घर आईपुगेपछि आफूमाथि भएको घटना तत्काल ससुरालाई सुनाउँदा लुकाएर नराखी प्रहरीलाई भन्नुपर्छ भनेपछि तुरुन्तै सालझण्डी प्रहरीलाई खबर गरेकी थिईन ।

तत्काल घटनास्थल पुगेको प्रहरी निरीक्षक सहितको प्रहरी टोलीले घटनामा संलग्न बर्ष ४८ को निलमणी दमाईलाई लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरी करणी सम्बन्धी कसुर (उद्योग) अन्तर्गत म्याद थप गरि थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले बताए ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार