दुर्गा प्रसाद रिमाल

१. नेपाली जाती

तिमीले यो माटो तिम्रो हैन भन्यौ
र, टेक्न बन्चित गरायौ
मैले पनि स्विकारिदिए 

तिमीले त्यो तिम्रो देश हैन भन्यौ
र, छोड्न अनुरोध गर्यौ
मैले पनि स्विकारिदिए

तिमीले मलाई नेपाली हैन भन्यौ
र, देशको सिमाना देखाइदियौ
त्यो पनि स्विकारिदिए
तर जब तिमिले जाति माथि

भाषा र संस्कार माथि
आफ्नो हैकम जमाउन खोज्यौ

मैले कदापी स्विकार्न सकिन
र, नेपालीजाती भएर बाच्न
पराई माटो स्विकारिदिए । 

२. अनिमात्र जीवन जीउन सिके 

जसलाई शिरमा राखेर सम्मान गरिरहे
जसलाई आफ्नो सम्झेर पिडा सुनाइरहे
जसलाई आशुं लुकाउन आशु देखाइरहे
जसलाई मृत्यु हटाउन जीवन मागिरहे

उसैले पिडा पढेर पिडा थपिदिएपछि
आशु हेरेर आशु थपिदिएपछि
स्वर्थ लादेर काल पठाइदिएपछि
र, मेरो संकट बुझेर साथ छोडिदिएपछि 

जीउनुको अर्थ गहिराइमा बुझे
मेरा कमजोरीहरूमा तागत भेट्टाए
मैले ‘म’ हुनुको परिभाषा बुझे
अनिमात्र जीवन जीउन सिके । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।