तिहास एकदिनमा निर्माण हुँदैन तर इतिहासका लागि हरेक दिन महत्वपूर्ण हुन्छन् । हरेक दिन दुनियाँका कुनाकप्चामा अनेकौँ घटना घट्दछन् । यी घटनाले हामीलाई जीवनमा थप परिष्कृत भएर अघि बढ्ने प्रेरणा दिन्छन् । ३ सेप्टेम्बरले पनि इतिहासमा यही अर्थ राख्छ । आजको दिन विश्वभर त्यस्ता अनेक महत्वपूर्ण घटनाहरू घटे । जसले आधुनिक विश्वमा ठूलो प्रभाव पर्यो । आउनुस्, इतिहासमा विश्वभर घटित त्यस्ता महत्वपूर्ण घटनाहरूलाई दृष्टिगोचर गरौँः

जर्मनी र फ्रान्सद्वारा एकअर्कोविरुद्ध युद्ध घोषणा

रसियाबिरुद्ध युद्ध घोषणा गरेको दुई दिनपछि  जर्मनीले सन् १९१४ को ३ सेप्टम्बरमा फ्रान्सबिरुद्ध पनि युद्ध घोषणा गरेको थियो । दीर्घकालिन रणनीतिसहित तत्कालिन जर्मन सेनाका प्रमुख अल्फ्रेड भोन सिचिलफेनको योजनाअनुसार जर्मनीले रसिया र फ्रान्सबिरुद्ध युद्ध घोषणा गरेको थियो । तयसको केही घन्टापछि फ्रान्सले पनि जर्मनीबिरुद्ध युद्ध घोषणा गरेको थियो ।

कतारको स्वतन्त्रता
खाडी मुुलुक कतारले आज नै स्वतन्त्रता पाएको थियो । व्रिटिश शासनको ५५ वर्षपछि ३ सेप्टेम्बर १९७१ मा कतारले स्वतन्त्रता पाएको थियो । कतारले हरेक वर्ष ३ सेप्टेम्बरलाई स्वतन्त्र दिवस मनाउँछ । 

पेरिस सन्धीमा हस्ताक्षर
सन् १७८३ मा बेलायत र अमेरिकाबीच पेरिस सन्धीमा हस्ताक्षर भएको थियो ।  हस्ताक्षरसँगै अमेरिकी क्रान्ति सकिएको थियो । सन् १७८२ को प्रारम्भिक सन्धीको जगमा अडेर सम्झौताले अमेरिकी स्वतन्त्रतालाइ मान्यता दिएको थियो ।

इ बेको स्थापना
अनलाइन दुनियाकै चर्चित कम्पनी अमरिकाको बहुराष्ट्रिय व्यापारसम्बन्धी कर्पोरशन हो इ बे। ई बेले बजार र लिलामलगायतका अनलाइनसम्बन्धी विश्वव्यापी व्यापार गर्छ । पाइरी ओमिदयारले सन् ३ सेप्टेम्बर १९५५ मा यसको स्थापना गरेका थिए ।

दायाँबाट गाडी चलाउन सुरु
सन् १९६७ देखि स्वीडेनका चालकहरुले सडकमा दायाँबाट गाडि चलाउन थालेका थिए । यसअघि स्वीडेनमा बायाँबाट गाडि चलाइन्थ्यो । 

प्रस्तुत सामग्री विभिन्न एजेन्सीहरूकाे सहयाेगमा तयार पारिएकाे हाे । यहाँहरूका सल्लाहसुझाव र प्रतिक्रया अपेक्षित छन् । 

 

 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...