सामान्यतया LGBTQ+ ले लेस्बियन, गे, बाइसेक्शुअल, ट्रान्सजेंन्डर र क्वियरजस्ता लैङ्गिक विशेषतालाई बुझिन्छ । यी लैङ्गिक विशेषताको अवधारणालाई यसरी बुझ्न सकिन्छः

एल फर लेस्बियन
लेस्बियन त्यो लैङ्गिक विशेषता हो, जसमा महिलाहरू महिलाप्रति नै आकर्षित हुन्छन् । सर्वप्रथम १९९६ मा प्रदर्शन भएको फिल्म ‘फायर’मा यस्तो लैङ्गिक विशेषता भएकाहरूको मुद्दा उठाइएको थियो । तत्कालीन समयमा यो मुद्दा निकै विवादित रह्यो । आज पनि यो अवधारणा उत्तिक्कै संवेदनशील रहेको छ । 



जी फर गे

गे यानी ती पुरुष जो पुरुषहरूप्रति आकर्षित हुन्छन् ।



बी फर बायसेक्शुअल

बायसेक्शुअल ती व्यक्ति हुन् जो महिला तथा पुरुष दुवैप्रति आकर्षित हुन्छन् । नायिका ऐन्जिलोना जोली र लेडी गागाले केही समयअघि आफू बायसेक्शुअल भएको बताएका थिए । 



टी फर ट्रान्सजेन्डर

एल, जी र बीबाट अलग ट्रान्सजेन्डरलाई पनि एक लैङ्गिक विशेषताका रूपमा लिइन्छ । नेपाल वा भारतमा जसलाई हिजडा वा किन्नर भनिन्छ तिनीहरू यसअन्तर्गत रहन्छन् ।



क्यु फर क्वियर

क्वियरको अर्थ अजीब भन्ने हुन्छ । सामान्य रूपमा यसलाई अर्थ्याउँदा यसअन्तर्गत ती व्यक्तिहरू पर्छन् जो महिला र पुरुष दुवै गुणले युक्त हुन्छन् र जोसुकैप्रति पनि आकर्षित हुन्छन् । 



अरू पनि छन्......

यो सूची यहीँ अन्त्य हुँदैन । प्रायः एलजीबीटीक्यूको अगाडि ए वा प्लस पनि लगाउने चलन रहेको छ । एको अर्थ एसेक्शुअल भन्ने हुन्छ । यसमा त्यस्ता व्यक्तिहरू पर्छन् जसमा कुनै किसिमको यौन रुचि हुँदैन र केहीमा विपरीत लिंगीका लुगा लगाउने इच्छा हुन्छ । 



 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार