चन्द्र मोहन जैन (११ डिसेम्बर १९३१ - १९ जनवरी १९९०), आचार्य रजनीश नामबाट परिचित, सन् १९६० देखि १९८० को दशकसम्म भगवान श्री रजनीश र १९८९ देखि ओशोको नामले परिचित, एक भारतीय रहस्यवादी गुरु, आध्यात्मिक व्यक्तित्व तथा ओशो आन्दोलनका सुरुवातकर्ता थिए।

सन् १९६० को दशकमा उनले सार्वजनिक वक्ताको रूपमा पूरा भारतको यात्रा गरेका थिए। उनले राजनीतिज्ञहरू र राजनीतिक विचार, महात्मा गान्धी र संस्थागत धर्म बारेमा गरेको खरो आलोचनाले उनलाई विवादित बनाए जो आफ्नो विवादास्पद नयाँ धार्मिक (आध्यात्मिक) आन्दोलनको लागि चर्चित बनेका थिए। उनी भारत तथा संयुक्त राज्य अमेरिका पनि बसेका थिए। ओशोले प्रचलित धर्महरूको व्याख्या गर्दै प्रेम, ध्यान र खुसीहरूलाई जीवनका प्रमुख मूल्य मानेका थिए।

प्रस्तुत छ, महान वाणीहरूको बुँदागत प्रस्तुति- 'म ओशो बोल्दैछु':-

१. अज्ञानी बनिरहनु राम्रो हो । कम्तीमा अज्ञान त आफ्नो हुन्छ । यो प्रमाणिक हो, यही सत्य, वास्तविकता र इमान्दारी हो । धेरै सोझा, कम ज्ञानी र बच्चा जस्तै बन्नुहोस् । जीवनलाई रमाइलोको रुपमा लिनुहोस्, किनभने वास्तविकतामा यही जीवन हो ।

२.  कसैसँग कुनै प्रकारको प्रतिस्पर्धा आवश्यक छैन । तपाई स्वयम जस्तो हुनुहुन्छ, त्यो एकदम सही छ । स्वयमलाई स्विकार्नुहोस् ।

३.  मित्रता शुद्ध प्रेम हो । यो प्रेमको सर्वोच्च रुप हो, जहाँ केही अपेक्षा हुँदैन । कुनै सर्त हुँदैन । जहाँ केवल आनन्द हुन्छ ।

४.  यहाँ को हीपनि तपाईको सपना पुरा गरिदिनका लागि होइनन् । सबैलाई आफ्नो भाग्य वा कर्म बनाउनु छ ।

५.  जब प्रेम र घृणा दुवै हुँदैन, हरेक कुरा स्पष्ट र सफा देखिन्छ ।

६.  मूर्ख मान्छे अरुलाई हेरेर हाँस्छ, विद्वान आफैलाई हेरेर हाँस्छ ।

७.  त्यसरी नचल्नुहोस्, जसरी डरले तपाइलाई चलाउँछ । त्यसरी नै चल्नुहोस्, जसरी प्रेमले तपाइलाई चलाउँछ । त्यसरी नै चल्नुहोस्, जसरी खुसीले तपाइलाई चलाउँछ ।

८.  प्रशन्नता सद्भावको छायाँ हो, त्यो सद्भावको पछि लाग्छ । प्रशन्न रहनुको अर्को कुनै तरिका छैन ।

९.  जीवन कुनै दुखद घटना होइन, यो एक हास्य हो । जीवित रहनुको मतलब हास्यको बोध हुनु हो ।

१०.  अहंकार एक अज्ञान हो ।

११.  यदि तपाई प्रेममा हुनुहुन्छ भने, प्रेममै रहनुहोस् । किनभने तपाई एक महान जिन्दगी बाँचिरहनुभएको छ । प्रेमले नै जिन्दगीलाई महान बनाउने हो ।

१२.  प्रेम त्यसबेला सच्चा हुन्छ जब एकअर्काको व्यक्तिगत कुरामा दख्खल पुग्दैन । प्रेममा एकअर्काले सम्मान गर्नुपर्छ ।

१३.  दु:खमा ध्यान दिनुभयो भने सधै दुख रहन्छ । सुखमा ध्यान दिन सुरु गर्नुहोस् । खासमा तपाई जे कुरामा ध्यान दिनुहुन्छ, त्यही कुरा सक्रिय हुन्छ ।

१४.  जो रचनाशिल छन्, उनीहरु रच्छन् । जो रच्न सक्दैनन्, उनीहरु नष्ट गर्छन् ।

१५.  जीवनलाई प्रेम गरौं । र, अधिक खुसी रहन सिकौं । जब तिमी एकदमै प्रशन्न हुन्छौं, संभावनाहरु उत्तिनै बढी हुन्छ ।

१६.  मानिस कहिलेपनि इश्वरसामु पुग्न सक्दैनन् । तर, जब ऊ जीवनमा तयार हुन्छन्, तब भगवान स्वयम् उसको नजिक आउँछ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार