लाओत्से चिनियाँ दार्शनिक तथा लेखक हुन् । उनलाई ताओ दर्शनका पिता मानिन्छ । उनले पश्चिमी देशहरुको भ्रमणका क्रममा उनले चिनियाँ लिपिमा ताओ ते चिङ ग्रन्थ लेखेका थिए । यो ईसापूर्व तीन सय वर्ष पहिलेको बाँसको कप्टेरो र यलम्वरमा लेखिएको पूरानो लिपि हो । ताओले प्रकृति ब्रह्माण्डको प्रवाहमा समाहित भएर सहज, सरल र सुक्ष्म बोधको जीवन र समाज चलाउन सिकाउँछ । इतिहासअनुसार उनको जीवनी सम्बन्धमा अझै विवाद छ । कसैले काल्पनिक व्यक्ति मान्दछन् ।

‘ताओ’ शब्द चिनियाँ वर्णमालाबाट आएको हो, जसको अर्थ हुन्छ, मार्ग । समकालीन समयमा ताओवादी दर्शनले सुदूरपूर्वी देशहरू जस्तै चीन, मलेसिया, कोरिया, जापान, भियतनाम र सिंगापुरमा निकै शक्तिशाली प्रभाव रहेको देखिन्छ । लाओत्सेको ताओवादी दर्शनले पूर्वीय समाजमा भौतिकवादी चिन्तनको विकासमा गुणात्मक प्रभाव पारेको भेटिन्छ ।

ताओ ग्रन्थको ८१ श्लोकमध्ये ३५ श्लोकसम्म ताओपथको बारे र बाँकी प्रकृतिको स्वभावको बारेमा लेखिएको छ । लाओत्सेको दर्शनमा प्रक्रियाको द्वन्द्वात्मकता भेटिन्छ । ताओ दर्शनको मतानुसार – हामी सुख मात्रै चाहन्छौँ, दुःख कोही चाहँदैनौँ । हामी दिन मन पराउछौँ, रात मन पराउँदैनौँ । राम्रो चाहन्छौँ, नराम्रो चाहदैनौँ । लाओत्से भन्छन्, ‘‘यो असम्भव कुरा गर्दै नगर । यो जीवन र जगत तिमीले खोजेजस्तो छँदै छैन । तिमीले सुखमात्रै खोज्यौ भने त्यो मिल्नेवाला छैन । सुख थाहा पाउन पनि दुःख कस्तो हुन्छ त्यो थाहा पाउनुपर्छ । दुःख थाहा भयो भने मात्र सुखको अनुभूति गर्न सकिन्छ । सुख–दुःख, शुभ–अशुभ यी एउटै एउटै सिक्काका विपरित पाटा हुन् । यिनलाई अलग गर्नै सकिँदैन । शुभ एक छेउ हो भने अशुभ अर्को छेउ हो । यिनको सालनाल गाँसिएको हुन्छ । तिमीले दिन मात्रै खोजेर मिल्दैन, दिनसँग रात गाँसिएको हुन्छ । रात बेगरको दिन हुँदै हुँदैन ।’’

चराहरू आकासमा उड्छन् । त्यहाँ कुनै मार्ग छैन । तर, पनि आफ्नो गन्तव्यमा पुग्छन् । यानहरू बिना मार्ग अन्तरीक्षमा उड्छन् । त्यहाँ बाहिरबाट हेर्दा मार्ग छैन । तर, यथार्थमा मार्ग छ । हावामा पनि मार्ग छ, आकासमा पनि मार्ग छ । तर, देखिँदैन । त्यस्तै नदेखिने मार्ग हो– ताओ मार्ग । लाओत्सेको दृष्टि हो – जति गर्यौं, उति बिग्रिन्छ । नगरेर पनि हुन्न, गरेर पनि हुन्न, यो द्वन्द्वात्मक भौतिकवादसँग नजिक छ ।

प्रस्तुत छ, महान वाणीहरूको बुँदागत प्रस्तुती- 'म लाओत्से बोल्दैछु':-

१. जाे व्यक्ति अरूलाई जिल्छ ऊ बलियो बन्छ तर, जो आफूलाई जिल्छ ऊ शक्तिशाली ।

२. केही नजान्दा पनि मैले जानेको छु भनेर सोच्नु र देखाउनु रोग हो ।

३. मैले गरेको काम देखेर अरूले के भन्लान् भनेर सोच्छौ भने तिमी कैदी जीवन बाँचिरहेका छौ ।

४. अनावश्यक कुराहरू सोच्न छोड्यौं भने तिम्रा धेरै समस्याहरु आफैँ हराए जानेछन् ।

५. सुस्त गोरुभन्दा हिँडिरहेको एउटा कमिलाले धेरै काम गर्न सक्छ ।

६. जो व्यक्ति प्रेरित हुन्छ त्यो व्यक्ति मर्ने हिम्मत गर्नसक्छ भने जो उत्प्रेरित हुन्छ त्यो व्यक्ति बाँचे हिम्मत गर्छ ।

७. समय भनेको आफूले सिर्जना गर्ने कुरा हो । कसैले मसँग समय छैन भन्छ भने यसको अर्थ उसले समय निकाल्न चाहँदैन ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार