काठमाडौ । लिम्बु भाषाको नाटक 'सिसेक्पा' मञ्चन भएको छ । आइतबार ललितपुरस्थित चुम्लुङहिममा मञ्चन भएको नाटकलाई सागर केरुङ्ले लेखेका हुन ।

किरात याक्थुङ चुम्लुङ लिम्बू साँस्कृतिक परिषद केन्द्रीय समितिको आयोजनामा मञ्चन भएको सिसेक्पालाइ यासेली योङ्हाङ्ले निर्देशन गरेका हुन ।

लिम्बू आदिवासीहरुको चाड सिसेक्पा तङ्नाम (साउने सक्रान्ती) को विषयबस्तुमा आधारित नाटकमा यासेली योङ्हाङ, उदय बेघा, मनु थक्लुङ, अम्बर तुम्बापो माइकल र बिबेक बेघा लगायतले अभिनय गरेका थिए ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार