काठमाडौँ । नेपालकाे ठूलो त्रिभुवन विश्वविद्यालयमा त्रिवि परीक्षाफल प्रकाशन लगायतका काममा व्यापक ढिलासुस्ती हुने गरेको छ ।

त्रिविको ढिलासुस्तीका कारणले गर्दा विद्यार्थीले एक वर्षभन्दा बढी परीक्षाफल कुर्न बाध्य भएका छन् । त्रिविले एक वर्ष बित्दासमेत परीक्षफल प्रकाशन गरेको छैन खासमा तीन महिना भित्र परिक्षाफल प्रकाशन गर्नु पथ्र्यो । परीक्षाफल प्रकाशन नगर्दा विद्यार्थीको 'करिअर' मा असर परेको छ । करिअरको बाटो तय गर्न सपना बोकेका युवा विद्यार्थीहरु माथि त्रिविको ढिलासुस्तीले तनाव दिने गरेको विद्यार्थीहरुको गुनासो छ ।

२०७८ वैशाखमा स्नातक तहको दोस्रो वर्षको परिक्षा भएको थियो । अझै त्रिविले परिक्षफल प्रकाशन गरेको छैन् । भदौमा सम्पन्न भएको एलएलबी प्रथम वर्षको परीक्षाफल पनि प्रकाशित भएको छैन । कानुन संकायतर्फ दोस्रो वर्षको परिक्षफल प्रकाशित भएर पनि ब्याक पेपरको समेत परीक्षा सम्पन्न भएको छ ।

वार्षिक प्रणालीमा मात्र नभएर सेमेस्टार प्रणालीमा समेत परिक्षफल ढिलो आउने विद्यार्थीको गुनासो छ । जनशक्तिका अभावका कारण समयमा नै नतिजा प्रकाशन गर्न नसकेको त्रिविले बताएका छन् । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार