इतिहास एकदिनमा निर्माण हुँदैन तर इतिहासका लागि हरेक दिन महत्वपूर्ण हुन्छन् । हरेक दिन दुनियाँका कुनाकप्चामा अनेकौँ घटना घट्दछन् । यी घटनाले हामीलाई जीवनमा थप परिष्कृत भएर अघि बढ्ने प्रेरणा दिन्छन् । ८ जनवरीले पनि इतिहासमा यही अर्थ राख्छ । आजको दिन विश्वभर त्यस्ता अनेक महत्वपूर्ण घटनाहरू घटे । आउनुस्, इतिहासमा विश्वभर घटित त्यस्ता महत्वपूर्ण घटनाहरूमाथि दृष्टिगोचर गरौँः

रसियाली अन्तरिक्ष यात्रीको अन्तरिक्षमा रेकर्ड : सन् १९९४ को ८ जनवरीमा रसियाली अन्तरिक्षयात्री भालेरी पोल्याकोभले रेकर्ड सम्पन्न गरेका थिए । पोल्याकोभ मिर स्पेस स्टेसनमा ४३७ दिन १८ घन्टासम्म अन्तरिक्षमा बसेका थिए ।

फ्रान्समा नयाँ राष्ट्रपति आजकै दिन : सन् १९५९ को ८ जनवरीमा चाल्स डी गाउँली फ्रान्स्को राष्ट्रपतिमा निर्वाचित भएका थिए । उनको दक्षिणपन्थी राजनीतिक आदर्श गाउँलिज्मले अझै पनि फ्रान्सको राजनीतिमा प्रभाव पारेको छ ।

मन्डेलाको पार्टी स्थापना : सन् १९१२ मा अफ्रिकन नेसनल कंग्रेसको स्थापना भएको थियो । पार्टीका तत्कालिन नेता नेल्सन मन्डेलाले रंगभेदविरुद्धको लडाइँमा ठूलो संघर्ष गरेका थिए । एएनसी अहिले पनि सत्तामा छ । दक्षिण अफ्रिकाको सत्तारुढ राजनीतिक पार्टी हो ।

स्टेफिन हकिङको जन्मजयन्ती : आज अर्थात सन् १९४२ को ८ जनवरीमा विश्व प्रसिद्ध अङ्ग्रेजी भौतिक शास्त्री तथा लेखक स्टेफिन हकिङको जन्म भएको थियो । बेलायतको अक्सफोर्डमा जन्मिएका उनी पढाइमा अब्बल थिए । उनले भौतिक विज्ञान र ब्रह्मण्डविज्ञानमा उल्लेखनीय काम गरेका छन् । २१ वर्षको उमेरमा उनी अम्योट्रोफिक ल्याटरल स्क्लेरोसिस नामक रोगबाट पीडित थिए । डाक्टरहरूले उनलाई २ वर्षभन्दा बढी बाँच्दैनन् भनेका थिए ।

तर, उनको रोग डाक्टरहरूले भनेअनुरूप बढेन तर, स्नायु प्रणालीलाई भने कमजोर बनाउँदै गयो। उनको दिमागबाहेक शरीरका कुनै पनि भाग चल्दैनथ्यो । उनी ‘भ्वाइस सिन्थोसाइजर’को सहाराले मात्र बोल्न सक्दथे ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार