इतिहास एकदिनमा निर्माण हुँदैन तर इतिहासका लागि हरेक दिन महत्वपूर्ण हुन्छन् । हरेक दिन दुनियाँका कुनाकप्चामा अनेकौँ घटना घट्दछन् । यी घटनाले हामीलाई जीवनमा थप परिष्कृत भएर अघि बढ्ने प्रेरणा दिन्छन् । ६ जनवरीले पनि इतिहासमा यही अर्थ राख्छ । आजको दिन विश्वभर त्यस्ता अनेक महत्वपूर्ण घटनाहरू घटे । आउनुस्, इतिहासमा विश्वभर घटित त्यस्ता महत्वपूर्ण घटनाहरूमाथि दृष्टिगोचर गरौँः

मदर टेरेसाको भारत आगमन

सन् १९२९ मा मदर टेरेसा अल्बानियाबाट भारत आएकी थिइन् । टेरेसाले उनले सन् १९५० मा कोलकातामा मिसनरिज अफ च्यारिटीको स्थापना गरेकी थिइन् । उनले स्थापना गरेको च्यारिटीले भारतमा  गरीब, बिरामी, अनाथ, र मृत्युको मुखमा पुगेका मानिसहरूको सहयोग गरेको थियो । उनलाई सन् १९७९ मा शान्तितर्फको नोबेल पुरस्कारले सम्मान गरिएको थियो ।

कन्टिनेन्टल ड्रिफ्ट थियोरीको आविष्कार

सन् १९१२ मा जर्मनीका वैज्ञानिक अलफ्रेड वेग्नरले कन्टिनेन्टल ड्रिफ्ट सिद्धान्त आविश्कार गरेका थिए । उनको आविश्कार प्लेट टेक्टोनिकको सिद्धान्त विकासका लागि उपयोगीसमेत बनेको थियो ।

ट्रम्पका समर्थकहरूको हस्तक्षेप

सन् २०१२१ मा अमेरिकामा कंग्रेस वैठक चलिरहेका बेला पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरू वैठक कक्षमा पसेर होहल्ला गरेका थिए । राष्ट्रपतिमा निर्वाचित जो बाइडनलाई प्रमाणपत्र दिन वैठक आयोजना भइरहेका बेला निर्वाचनमा व्यापक धाँधली भएको भन्दै ट्रम्पका समर्थकहरूले होहल्ला गरेका थिए । सोही अभियोगमा टम्पविरुद्ध महाअभियोग पक्रिया सुरु गरिएको थियो ।

बेलायतद्वारा चीनलाई मान्यता

सन् १९५० मा बेलायतले जनगणतन्त्र चीनलाई मान्यता दिएको थियो ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार