गोपाल जंग थापा

काठमाडाैँ । तिमिल्सिना समाज महिला केन्द्रीय विभागको आयोजनामा महिला मिलन कार्यक्रम सम्पन्न भएको छ । नेपाली मौलिक साँस्कृतिक पर्व हरितालिका तिजको अवसरमा शनिबार सो कार्यक्रमको आयोजना गरिएको थियो । काठमाडौँको तिनकुनेमा रहेको सिद्धार्थ कटेजमा आयोजित कार्यक्रममा महिलाहरुले एक आपसमा शुभकामना आदान प्रदान गर्नुका साथै नाचगान गर्दै रमाइलो गरेका थिए । सो अवसरमा कलाकार टंक तिमिल्सिना, गोपाल जंग थापा र वसन्त तिमिल्सिनाले सांगितिक प्रस्तुती दिएका थिए ।

उनीहरुले आफ्ना प्रस्तुती मार्फत सहभागीहरुलाई तिज र देउडा गित मार्फत रमाइलो प्रदान गर्नुका साथै छमछमी नचाएका थिए । कार्यक्रममा समाजका केन्द्रीय अध्यक्ष दिपक तिमिल्सिना, महासचिव होम प्रसाद तिमिल्सिना, महिला विभाग प्रमुख सीता तिमिल्सिना, समाजका संरक्षक तथा नेपाल सरकार समावेशी आयोगका अध्यक्ष डा. रामकृष्ण तिमिल्सिना, समाजका संरक्षक एवं पूर्व एआईजी कल्याण कुमार तिमिल्सिना, नेपाली कांगे्रसकी केन्द्रीय सदस्य विद्या तिमिल्सिना लगायत समाजका सल्लाहकार, पदाधिकारीको विशेष उपस्थित रहेको थियो ।

उक्त कार्यक्रमको सञ्चालन तिमिल्सिना समाजका पूर्व केन्द्रीय सदस्य तथा युवा विभाग सदस्य जनक तिमिल्सिनाले गरेका थिए ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...