१.कार्यकर्ता जन्माउने क्रान्ति

-उमेश अवस्थी आदर्श

महान क्रान्तिले जन्माउने छ
महान क्रान्तिकारी कार्यकर्ताहरू,
जन्‍माउन सक्दैन क्रान्तिले
कठोर मेहनत, कोमल स्वभाव र लय ।।

जस्तोसुकै क्रान्ति गर
बदलिनेछन् क्रान्तिकारी विचारहरू
तर क्रान्तिले कहिल्यै बदल्न सक्दैन
सडक छेउँका भूईँ मान्छेहरू ।।

क्रान्तिले सत्ता बदलिने छ
बदलिने छ व्यवस्था
तर कहिल्यै बदल्न सक्दैन 
जनताको जीवनस्तर 
क्रान्तिले विचार जन्माउँछ
नेतृत्व जन्माउँछ
तर जन्माउन सक्दैन
फुस्रा हत्केलामा बाधिएका
जिम्मेवारीका हरिया कागजहरू ।।

के का लागि गर्ने हो क्रान्ति ?
महान नेतृत्व बदल्नाका लागि
या स्वर्णीम व्यवस्था बदल्नाका लागि
जस्तोसुकै क्रान्ति गर
कहिल्यै  बदलिने छैनन्  क्रान्तिबाट
पिठिऊको बोरामा बोकिएका
परिवारका चाहना र आवश्यकताहरू ।।

क्रान्ति गर या बीभत्स हत्या       
केही पार लाग्ने छैन् त्यसले
बीभत्स हत्याले जन्माउने छ
टुहुरा बालकहरू र विधवा महिलाहरू
अनि महान क्रान्तिले जन्माउने छ
अभिभावक बिहिन समाज
र क्रान्तिकारी कार्यकर्ताहरू ।।

स्वर्णीम समाजको स्थापना गर्नु छ भने
छोडिदेउँ क्रान्ति गर्न र सुरुवात गर्नूस् मेहनतको
मेहनतले जन्माउने छ विवेकी नेतृत्व
स्वर्णीम समाज र सुमनका वृक्षहरू
मेहनतले बदल्ने छ भूईँ मान्छेको जीवनस्तर
त्यसैले निरर्थक क्रान्ति गर्नु भन्दा
आजै सुरुवात गर्नूस् मेहनतको
बदलिने छ मेहनतले 
भाग्य भविष्य र जिन्दगी
बदल्ने छ मेहनतले
राष्ट्रको समृद्धि ।। 
 

२.अदालतमा प्रकृति

फूलहरू फुलाएर
च्यातिएको पेटमा
सहेकी छिन् अनेकौं चोटहरू
गुमाएकी छिन् सबैथोक
लुछिएको छ शरीर
संविधानको आँखामा भने
पीडित छैनन् प्रकृति ।।

दलिएको छ
प्रकृतिको मनमोहक सुन्दरता माथि
धमिलो धुवाँ
सप्तरङ्गी इन्द्रेणीलाई विर्सिएर
रङ्गको खोजी हुदैँछ
खेलौनाका पुतलीहरूमा ।।

फुटाईएको शीर बोकेर
काटिएका खुट्टाहरूले
वैशाखी टेकेर
न्याय माग्न उभिएकी छिन् 
वर्षौंदेखि उजुरी देखाउँदै
अदालतको ढोकामा,
अदालतले भने
उजुरी लिएकोछैन् आजसम्म प्रकृतिको ।।

निश्चल स्वभावमा बगेकी छिन् नदी बनेर
फुलेकी छिन् फूल बनेर
चम्किएकी छिन् प्रकाश बनेर
पिठिउँमा बोकेकी छिन् दुनियाँलाई
हिमाल र पहाड र तराई बनेर
सन्तान मानेर राखेकी छिन् दुनियाँलाई 
आफ्नै छातीमा
प्यार गरेकी छिन् दुनियाँलाई
विभेदको महासागर सुकाएर ।।

के गल्ती छ र बिचरी प्रकृतिको
किन लिदैन, अदालतले उनको उजुरी
निःस्वार्थ दिएकी छिन् 
जिन्दगी त्यागेर नपाईने प्रकाश
प्राण त्यागेर नपाईने श्वास
संसार त्यागेर नपाईने जल ।।

जननीले जन्माएर छोडेका बच्चालाई
कालोरगोरोरछुतरअछुत केही नभनी
पालेकी छिन् निस्सारमा
यसैले पनि संसारमा कोही छैनन्
प्रकृति भन्दा महान माता
त्यैपनि बिचरी प्रकृति
न्याए नपाएर उभिएकी छिन् अदालतमा ।।
                                                                                                                             

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार